बहराइन
बहराइन अधिराज्य | |
---|---|
राजधानी र सबैभन्दा ठुलो सहर | मनामा २६°१३′उ ५०°३५′पू / 26.217°N 50.583°E |
आधिकारिक र राष्ट्रिय भाषा | अरबी[१] |
जातिगत समूहहरू (सन् २०२०)[२] |
|
धर्म | |
रैथाने(हरू) | बहराइनी |
सरकार | एकात्मक इस्लामी संसदीय अर्ध-संवैधानिक राजतन्त्र |
• राजा | हमद बिन इसा अल खलिफा |
सलमान बिन हमद अल खलिफा | |
व्यवस्थापिका | राष्ट्रिय सभा |
परामर्श परिषद् | |
प्रतिनिधि परिषद् | |
स्थापना | |
सन् १७८३ | |
• स्वतन्त्र घोषणा[५] | १४ अगस्ट १९७१ |
• संयुक्त अधिराज्यबाट स्वतन्त्र[६] | १५ अगस्ट १९७१ |
• बहराइन अधिराज्य | १४ फेब्रुअरी २००२ |
क्षेत्रफल | |
• जम्मा | ७८६.८ किमी२ (३०३.८ वर्ग माइल) (१७३औँ) |
• पानी (%) | नगण्य |
जनसङ्ख्या | |
• सन् २०२१ अनुमानित | १,४६३,२६५[७][८] (१४९औँ) |
• सन् २०२० जनगणना | १५,०१,६३५[२] |
• घनत्व | १,८६४ /किमी2 (४,८२७.७ /वर्ग माइल) (छैटौँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२४ लगत |
• जम्मा | ![]() |
• प्रति व्यक्ति | ![]() |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२४ लगत |
• जम्मा | ![]() |
• प्रति व्यक्ति | ![]() |
मानव विकास सूचकाङ्क (सन् २०२२) | ०.८८८[१०] धेरै उच्च · ३४औँ |
मुद्रा | बहराइनी दीनार (BHD) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (अरबी मानक समय) |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | +९७३ |
इन्टरनेट डोमेन | डट बिएच |
वेबसाइट bahrain | |
|
बहराइन आधिकारिक रूपमा बहराइन अधिराज्य,[टिप्पणीहरू १] पश्चिम एसियाको एक टापु देश हो। यो फारसको खाडीमा अवस्थित छ। यसमा ५० प्राकृतिक टापुहरू र थप ३३ कृत्रिम टापुहरू मिलेर बनेको एउटा सानो द्वीपसमूह समावेश छ, जुन बहराइन टापुमा केन्द्रित छ। यसले देशको लगभग ८३ प्रतिशत भू-भाग ओगटेको छ। बहराइन कतार र साउदी अरबको उत्तरपूर्वी तटको बीचमा अवस्थित छ, जो सँग देश राजा फहद सेतुद्वारा जोडिएको छ। बहराइनको जनसङ्ख्या १४ मे २०२३ सम्ममा १,५०१,६३५ रहेको छ, संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कको विवरणको आधारमा, जसमध्ये ७,१२,३६२ (देशको जनसङ्ख्या १,५०१,६३५ को ४७.४४%) बहराइनी नागरिकहरू हुन् र ७,८९,२७३ २,००० भन्दा बढी जातिका अन्य देशहरूबाट आएका प्रवासीहरू हुन्दे जुन देशको जनसङ्ख्या १,५०१,६३५ को ५२.५६% हो।[२] बहराइन लगभग ७६० वर्ग किलोमिटर (२९० वर्ग माइल) मा फैलिएको छ।[१२] यो माल्दिभ्स र सिङ्गापुर पछि एसियाको तेस्रो सानो राष्ट्र हो।[१३] राजधानी र सबैभन्दा ठुलो सहर मनामा हो।
पुरातत्वविद् जेफ्री बिब्बीका अनुसार बहराइन प्राचीन दिलमुन सभ्यताको स्थल हो।[१४] यो प्राचीन कालदेखि नै यसको मोती उत्खननको लागि प्रसिद्ध छ, जुन १९औँ शताब्दीमा संसारमा सर्वश्रेष्ठ मानिएको थियो। बहराइन सन् ६२८ मा मुहम्मदको जीवनकालमा इस्लामबाट प्रभावित हुने प्रारम्भिक क्षेत्रहरू मध्ये एक थियो। अरब शासनको एक अवधि पछि, बहराइनमा सन् १५२१ देखि १६०२ सम्म पोर्तगाली साम्राज्यले शासन गरेको थियो, जब उनीहरूलाई सफाविद इरानका महान शाह अब्बासले निष्कासित गरेका थिए। सन् १७८३ मा, बानी उत्बाह र सहयोगी जनजातिहरूले बहराइनलाई नस्र अल-मधकुरबाट देशलाई कब्जा गरेका थिए र यसपछि देश हालसम्म पनि अल खलिफा शाही परिवारद्वारा शासित छ जहाँ अहमद अल फतेह बहराइनको पहिलो हाकिमको रूपमा रहेका थिए।
सन् १८०० को दशकको उत्तरार्धमा, बेलायतीहरूसँग लगातार सन्धिहरू पछि, बहराइन संयुक्त अधिराज्यको संरक्षित राज्य बन्न पुगेको थियो।[१५] सन् १९७१ मा, यसले स्वतन्त्रताको घोषणा गरेको थियो। बहराइनलाई सन् २००२ मा अर्धसंवैधानिक राजतन्त्र घोषणा गरिएको थियो र नयाँ अङ्गीकार गरिएको संविधानको धारा २ ले शरियालाई कानुनको प्रमुख स्रोत बनाएको थियो। सन् २०११ मा, देशले क्षेत्रीय अरब वसन्तबाट प्रेरित विरोध प्रदर्शनको अनुभव गरेको थियो।[१६] बहराइनलाई सत्तारुढ सुन्नी मुस्लिम अल खलिफा शाही परिवारले विद्रोही, राजनीतिक विपक्षी व्यक्तिहरू र अल्पसङ्ख्यक शिया मुस्लिम जनसङ्ख्या सहित समूहहरूको मानव अधिकार उल्लङ्घन गरेकोमा आलोचना गरिएको छ।[१७]
बैङ्किङ र पर्यटन क्षेत्रमा दशकौँको लगानीको परिणाम स्वरुप बहराइनले फारसको खाडीमा तेल बाहेक पहिलो अर्थव्यवस्थाहरू मध्ये एकको रूपमा आफुलाई विकास गरेको छ।[१८] विश्वका धेरै ठूला वित्तीय संस्थाहरूको देशको राजधानीमा उपस्थिति छन्।[१९] यस देशलाई विश्व बैङ्कले उच्च आय भएको अर्थतन्त्रको रुपमा मान्यता दिएको छ। बहराइन संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन, अरब लिग, इस्लामी सहयोग सङ्गठन र खाडी सहयोग परिषद्को सदस्य राष्ट्र हो।[२०] बहराइन साङ्घाई सहयोग सङ्गठनको संवाद साझेदार हो।[२१][२२]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Constitution of the Kingdom of Bahrain (Issued in 2002) and Its Amendments (Issued in 2012)", National Institution for Human Rights, National Institute for Human Rights, मूलबाट ४ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अगस्ट २०२०।
- ↑ २.० २.१ २.२ "Bahrain 2020 Census", Information and eGovernment Authority, २८ फेब्रुअरी २०२१, मूलबाट २ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रिल २०२१। वेब्याक मेसिन अभिलेखिकरण २ मे २०२१ मिति
- ↑ Bahrain Country Study वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०२३ मिति Library of Congress
- ↑ Pew Research Center's Religion & Public Life Project: Bahrain वेब्याक मेसिन अभिलेखिकरण २३ जुलाई २०१९ मिति. Pew Research Center. 2020.
- ↑ "Bahrain ends special pact", The Straits Times, १५ अगस्ट १९७१, मूलबाट १० डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१४।
- ↑ "CIA World Factbook, "Bahrain"", Central Intelligence Agency, मूलबाट २० नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०११।
- ↑ "World Population Prospects 2022", संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२।
- ↑ "World Population Prospects 2022: Demographic indicators by region, subregion and country, annually for 1950-2100" (XSLX) ("Total Population, as of 1 July (thousands)"), संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२।
- ↑ ९.० ९.१ ९.२ ९.३ "Report for Selected Countries and Subjects: October 2024", अन्तर्राष्ट्रिय मुद्रा कोष, मूलबाट ३० नोभेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०२४।
- ↑ "Human Development Report 2023/24" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, १३ मार्च २०२४, मूलबाट १३ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२४।
- ↑ बहराइन सरकारको वार्षिक प्रतिवेदन, Volume 8, Archive Editions, 1987, page 92
- ↑ "Bahrain – the World Factbook", १९ अक्टोबर २०२१, मूलबाट १० डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२१।
- ↑ "Area of Bahrain Expands to 765.3 square kilometres", मूलबाट १ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१८। वेब्याक मेसिन अभिलेखिकरण १ फेब्रुअरी २०१८ मिति
- ↑ Oman: The Lost Land वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१४ मिति. Saudi Aramco World. Retrieved 7 November 2016.
- ↑ "The history of British involvement in Bahrain's internal security", openDemocracy (अङ्ग्रेजीमा), मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०२१।
- ↑ "Bahrain says ban on protests in response to rising violence", CNN, १ नोभेम्बर २०१२, मूलबाट २९ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०१२।
- ↑ "How Bahrain uses sport to whitewash a legacy of torture and human rights abuses", The Guardian, मूलबाट २ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०१८।
- ↑ "Bahrain: Reform-Promise and Reality", J.E. Peterson, पृ: १५७, मूलबाट २६ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ फेब्रुअरी २०१४।
- ↑ "Bahrain's economy praised for diversity and sustainability", Bahrain Economic Development Board, मूलबाट २८ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१२। वेब्याक मेसिन अभिलेखिकरण २८ डिसेम्बर २०१० मिति
- ↑ "Bahrain", IMUNA | NHSMUN | Model UN (en-USमा), मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०२१।
- ↑ "Shanghai Cooperation Organisation", eng.sectsco.org, मूलबाट १६ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ सेप्टेम्बर २०२३। वेब्याक मेसिन अभिलेखिकरण १६ अगस्ट २०२३ मिति
- ↑ "Bahrain granted the status of SCO dialogue partner", bna.bh/en/, १५ जुलाई २०२३, अन्तिम पहुँच १ सेप्टेम्बर २०२३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
- आधिकारिक सरकारी पोर्टल
- बहराइन अधिराज्यको, विदेश मन्त्रालयको वेबसाइट
- बहराइन द वर्ल्ड फ्याक्टबुक केन्द्रीय गुप्तचर संस्था।
- बहराइन कोलोराडो विश्वविद्यालय मार्फत गोभपब्सद्वारा प्रदान गरिएको वेब संसाधन
- बहराइनको प्रोफाइल बीबीसीबाट
- विकिमिडिया मानचित्रावलीमा बहराइन
- बहराइनको लागि विकास पूर्वानुमान इन्टरनेसनल फ्युचर्सबाट